Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘कोपा डेल रे’को उपाधि बार्सिलोनालाई


    आइतबार, बैशाख ५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। स्पेनिस कोपा डेल रे फुटबलको उपाधि  बार्सिलोनाले जितेको छ ।

    शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

    बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले समान एक एक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

    त्यस्तै, खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

    ६८ औं र  ७२ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४-० ले अघि रहँदै जित सुनिश्चित गरेको हो। 

    यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार