Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : नेदरल्यान्ड्स र मलेसिया खेल्दै


    आइतबार, बैशाख ५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन्। 

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ :१५ बजे सुरु हुनेछ ।

    उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स आज पहिलो जितको खोजीमा हुनेछ ।

    यसअघि हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

    मलेसियाको यो पहिलो खेल हो ।

    डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

    प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते शनिबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार