Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुशल र आशिफको कीर्तिमानी ब्याटिङमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित


    आइतबार, बैशाख ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।

    किर्तिपुर खेल मैदानमा भएको हिजोको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेट पराजित गरेको हो ।

    ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई पराजित गरको हो ।

    डेब्यु गरिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गर्‍यो । यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।

    कुशलले ४६ बल खेली ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए । आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । विजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाइ अविजित रहे ।

    यसअघि नेदरल्यान्ड्सलाई सस्तोमा रोक्न सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु नै आउट गरे ।

    यसअघि टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको थियो ।

    नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार