Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न


    आइतबार, बैशाख ५ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा भएको छ।

    राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ।

    कोरोनाभाइरस नियन्त्रणका लागि कार्यान्वयन गरिएका नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए।

    अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बसेकी थिइन्।

    उक्त समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको ‘अखण्ड निष्ठा’, राष्ट्रप्रतिको सेवा र ‘साहस’प्रति सम्मान व्यक्त गरेका थिए।

    राजकुमार फिलिपको गत शुक्रवार एप्रिल ९ का दिन ९९ वर्षको उमेरमा विन्ड्सर कासलमा निधन भएको थियो।

     

    _118093889_reu.jpg

    उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए।

    शवयात्रामा सहभागी नहुने राजपरिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कार चढेर च्यापलसम्म पुगेका थिए।

    अन्तिम संस्कारका क्रममा यूकेभरि एक मिनेट मौनधारण गरिएको थियो।

    त्यसअघि राष्ट्रिय गान बजिरहँदा महारानीको कार सेन्ट जोर्जेज् च्यापल पुगेको थियो।

    राजकुमार फिलिपको निधन घोषणा भएयता महारानी एलिजाबेथ द्वितीया पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी हुन्।

    अन्तिम संस्कारका क्रममा डीन अफ विन्ड्सरले ड्यूक अफ एडिन्बराको दीर्घ जीवन एउटा वरदान भएको बताए।

    राजकुमार फिलिपलाई सम्मान व्यक्त गर्ने क्रममा डीनले उनको ूकरुणा, हास्यभाव र मानवताू को स्मरण गरेका थिए। स्रोत : बिबिसी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार