काठमाडांै । पाँच बर्षअघि विनाशकारी भूकम्पले भत्काएको धरहराको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ बैशाख १२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्को २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले बैशाख ११ मा उदघाटन गर्ने कार्यक्रम तय भइसकेपछि धरहरामा द्रूतगतिमा काम भइरहेको छ ।