Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा आठ जनाको हत्यापछि बन्दुकधारीले गरे आत्महत्या


    शुक्रबार, बैशाख ३ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको इन्डियानापोलिसमा बिहीबार राति गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ।

    न्युयोर्क टाइम्सका अनुसार इन्डियाना राज्यको इन्डियानापोलिसस्थित फेडएक्स वेयरहाउसमा गोली चल्दा आठ जनाको मृत्यु भएको हो। गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ।

    इन्डियानापोलिस महानगर प्रहरी विभागकी अधिकारी जेनेइ कुकले शुक्रबार बिहान आठ जनाले ज्यान गुमाएको बताएकी थिइन्। केही मानिस घाइते भएका थिए।

    ‘उनीहरूलाई विभिन्न क्षेत्रको अस्पतालमा भर्ना गरिएको छ,’ उनले भनिन्।

    अमेरिकामा नागरिकले खुलमखुला बन्दुक राख्न पाउँछन्। बेलाबेलामा विभिन्न सहरमा बन्दुकधारीको आक्रमणमा परी मृत्यु हुने गरेको छ। 

    केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकलाई नियन्त्रण गर्न कदम चाल्ने बताएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार