ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर गए राति करिब १ बजेतिर चट्याङ परेर आगालागी भएपछि दुइटा घर ध्वस्त भएको हो ।
मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्।
चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा उनकी बुहारी भने घाइते छिन्। पौडेलका अनुसार उनको खुट्टामा दुखाइ छ। ‘उनको उपचारका लागि डाक्टर बोलाएका छौं,’ उनले भने। पौडेलका परिवार घर नजिकै धन्सारमा सुतेका थिए।