काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो।
संसदीय सुनवाइमा उनीविरुद्ध सात वटा उजुरी परेका छन्।
समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।
सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो। तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो।
सर्वोच्चको फैसलापछि उनीहरुको सुनुवाइ अगाडि बढेको हो।