एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्स बिजयी भएको छ।
बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो।दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै क्रिस मोरिसले अविजित ३६ तथा जयदेव उनाकडले अविजित ११ रन बनाए। राहुल टेवाटिया १९ रनमा आउट भए।
दिल्लीका अभेस खानले ३ विकेट लिए। क्रिस वोक्स र कागिसो राबडाले दुई दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो। दिल्लीका लागि कप्तान ऋषव पन्तले अर्धशतकीय इनिंग खेले।
आईपीएल अन्तर्गत आज बेलुकाको खेलमा पन्जाब किङ्ग र चेन्नई सुपरकिंग्स भिड्दै छन्।