काठमाडौँ। काठमाडौँ उपत्यकामा गएराती भीषण हावाहुरी चलेको छ। करिब ९ बजे रातीदेखि तीव्र वेगमा सुरु भएको हावाहुरी करिव १ घण्टासम्म रह्यो।
हावाहुण्डरी बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो हावाहुरी काठमाडौँ उपत्यकासँगै प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देखिएको महाशाखाले जनाएको छ।
प्री मनसुनको संकेत भएको कारण हावाहुरीसँगै बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, राति ९ देखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेका थिएनन् । मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुगेको थियो । रातिको हावाहुरीले गर्दा माछापोखरीक्षेत्रका टहराहरु भत्किएका छन्।