Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एउटा त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती खोस्न पाइन्छ


    सोमबार, चैत्र ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसारमा विविध भाषा र संस्कृतिका मानिस छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन्  ।

    पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ ।

    परम्पराअनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

    यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्,  पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।

    त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ । 

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार