Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने


    सोमबार, चैत्र ३० २०७७
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ ।

    न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो ।

    “निजले न्याय सेवाको रा.प प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरी सकेर निजको संविधानको धारा १२९ को उपधारा (५) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदन जिकिर पुग्न सक्दैन ।”

    सर्वोच्च अदातलका न्यायाधीशमा सुवेदीको योग्यता नपुग्ने हुँदा उक्त निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला गर्दै उक्त रिट निवेदन खारेज गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार