Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमाको सम्पत्ति लुट्ने सुष्मालाई थुनामा पठाउन अदालतको आदेश


    सोमबार, चैत्र ३० २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको स्राेतले बताएकाे छ । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ।

    आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । त्यही आधारमा २२ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।

    उनले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भनिएको थियो । यस्तै सृजना फाइनान्स र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार