Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा ५०० भन्दा माथि संक्रमित, १३ को मृत्यु


    सोमबार, चैत्र ३० २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ।

    पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ।

    त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार