Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिरुपति ग्लास भन्सारको फन्दामाः कर छली गर्न खोज्दा ६ करोड ५३ लाख रुपैयाँ जरिबाना


    सोमबार, चैत्र ३० २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

    कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई उक्त रकम जरिबाना तिराएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

    कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको स्राेतले बताएकाे छ । रबी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको भन्सार कार्यालयले जनाएको छ । 

    भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार