Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


    आइतबार, चैत्र २९ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहराकाे हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

    सामुदायिक जंगलमा बाख्रा चराउन गएकी उनलाई जंगली हात्तीले आक्रमण गरेकाे भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो ।

    इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्ड टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको डिएसपी शाहीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार