Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीलाई जनप्रतिनिधि धम्क्याएकाे आराेप


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनप्रतिनिधि धम्क्याउन थालेकाे आराेप लागेकाे छ ।

    नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री ओलीले आफ्नो गुटमा नआए पद खोस्ने भन्दै जनप्रतिनिधिलाई धम्क्याउन थालेको आरोप लगाएका हुन् । 

    आइतबार दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका हुन्।

    प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय भएकाे बताउदै रावलले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीले आफ्नो गुटमा तान्ने प्रयास गरेकाे बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ थियो।

    ‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो,’ उनले भने, ‘तपाईंहरू नेकपा एमालैमा हुनुहुन्छ र कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छ?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार