Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागार्जुनको जंगलमा भीषण आगलागी, नियन्त्रणकालागि करिब दुई सय जनशक्ति र तीन वटा दमकल परिचालन


    आइतबार, चैत्र २९ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बिहान करिब ११ बजे काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ।

    बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट सुरू भएको आगलागी कसरी सुरू भएको भन्ने थाहा नभएकाे स्रोतले बताएकाे छ।

    दुई घण्टा बढी समयदेखि सुरू भएको आगलागी हावाहुरीका कारण थप बढेको स्रोतकाे भनाइ छ ।

    आगलागी नियन्त्रण गर्न प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी गरि करिब दुई सय जना र तीन वटा दमकल लागि परेका छन् ।

    आगलागीको विस्तृत  विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार