विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा २५ वर्षीय माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो ।
भाटाले छेडेर गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको स्रोतले जानकारी दिएकाे छ ।
स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो ।
घटनापछि शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ ।