Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न देउवालाई बाबुरामको प्रस्ताव


    आइतबार, चैत्र २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई  जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका हुन् ।

    जसपाले काँग्रेसलाई अग्रसरता लिन आग्रह गर्दै यदि आफूले अविश्वासको प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन समेत अनुराेध गरेकाे छ।

    चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार