काठमाडौं । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेता डा.राजन भट्टराईले जसपाले उठान गरेका कानुनीरुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गर्दै जसपासँग सत्ता साझेदारी हुनेदाबी गरेका छन् ।
भट्टराईले सपाका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउदै सत्ता साझेदारीका विषयमा सहमतिका लागि छलफल अगाडि बढिसकेको समेत बताएका छन् ।
देशलाई राजनीतिक संकटबाट निकास दिन वर्तमान सरकारको निरन्तरता, वा निर्वाचनमा जानुपर्ने र कित वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित यी तीनवटा मात्रै विकल्प रहेको बताएका छन् ।