Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ओलीको पुच्छर समात्दै जसपा अध्यक्ष ठाकुर’


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको बेला अन्यौलमा परेको छ।

    कुनै बेला माओवादी केन्द्रसँग मिल्न मिल्न खोजेको जस्तो देखिने जसपा कहिले कांग्रेससँग नजिक देखिएको थियो। तर  यतिबेला पुनस् प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको पाइन्छ।

    यद्दपि पछिल्लो समय पार्टीभित्र दुई धारमा रहेका जसपाका शीर्ष नेताहरुबीच नै तालमेल नमिल्दा ठोस निर्णय भने लिन नसकेको देखिन्छ।

     तर, जसपा अध्यक्ष महन्थ ठाकुरको पछिल्ला अभिव्यक्तिहरुलाई लिएर बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी प्रस्तुत गरेका छन्।

    उनले लेखेका छन्  ‘ओली सर झूट र लुटको प्रतिरक्षाकारी क्षेप्यास्त्र बोकेर सत्तारोहणको द्वारमा, महन्थ ठाकुर ओली सरको पुच्छर समातेर पछिपछि । पुष्पकमल र रामचन्द्र सोम शर्माको लबजमा अब हाम्रो सरकार बन्ने भो भन्दै ट्याउँट्याउँ । देउवा सरको देह पीके-रामचनतिर, मन ओलीपथतिर। सत्ताराजनीतिको गधा-जात्रा!’

    https://twitter.com/belakoboli/status/1381048783241244677

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार