एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि उत्कृष्ट जित हाँसिल गरेको छ।
शनिबार राति मुम्बईको वंखाडेमा सम्पन भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराउदै उत्कृष्ट जित हाँसिल गरेको हो ।
चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीका लागि ओपनर शिखर धवन र पृथ्वी शाले क्रमशस् ८५ र ७२ रनको योगदान गरे ।
ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए ।
चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ्गको निम्ता ृपाएको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
चेन्नईका लागि सुरेश रैनाले अर्धशतकिय इनिङ् खेल्दा साम कुरानले ३४, मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले ।
दिल्लीका क्रिस वेक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले एक एक विकेट लिए ।