Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली तीन दलप्रति आक्रोशित


    शनिबार, चैत्र २८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनको खेलमा लागेको भन्दै तीन दलमाथि  आक्रोश व्यक्त गरेका छन् ।
    आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा  तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष समेत गरे ।

    नेपाली कांग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरु विकास विरोधी भएको बताए ।

    भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको उनले आरोप लगाए । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘शकुनी’ को संज्ञा समेत दिए । उनले संसदीय अंक गणितलाई दुरुपयोग गर्ने ‘शकुनीका गोटी’ नै आफूले फ्याँकिदिने चेतावनी समेत दिए ।

    उनले थपे, ‘सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुप¥यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३०९ वटा अस्पतालको एकैचोटी शिलान्यास ग¥यौं, धमाधम बन्दै छन् । त्यस कारणले हो ? १६५ वटा बाटाहरु एकैपटक शिलान्यास गर्‍यौं र बन्दैछन् । त्यस कारणले हो ? एक हप्ताभित्र देशभित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्‍यौ । त्यस कारणले हो ? केही पनि भएन भन्नु हुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।’

    मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको भन्दै उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका शकुनीहरुले संसदको अंक गणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै फ्याँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार