Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्रीद्धारा खोप आपूर्ति सहजीकरणका लागि भारतीय विदेशमन्त्रीसँग आग्रह


    शनिबार, चैत्र २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना विरुद्धको खोप आपूर्ति सहज बनाइदिन सरकारले छिमेकी राष्ट्र भारतलाई आग्रह गरेको छ । खोप आपूर्ति ढिलाइ भएपछि सरकारले भारतसँग कूटनीतिक पहल थालेको हो ।

    हिजो (शुक्रबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी डा. एस जयशंकरसँग  टेलिफोन संवाद गरी १० लाख डोज कोभिसिल्ड खोप आपूर्तिमा सहजीकरणका लागि आग्रह गरेका छन् ।

     भारतीय विदेशमन्त्री जयशंकरले जवाफमा कोरोना भाइरस विरुद्ध प्रतिकार्यका लागि नेपाललाई खोप आपूर्ति तथा अन्य सहयोग गर्ने वचन दिएका हुन् ।
    मन्त्रीद्वयबीच कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा कसरी लड्ने र त्यसका लागि एकआपसमा सहयोगको आदानप्रदान कसरी गर्ने भन्ने विषयमा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     यो हेर्नुस् परराष्ट्रको विज्ञप्ति बिस्तृतमा 

    corona bigyapti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार