Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ सरकार गठन बारे छलफल गर्न तीन दलको बैठक सुरु


    शुक्रबार, चैत्र २७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल ढिला गरी सुरु भएको छ । 

    देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेपछि बैठक ढिला सुरुभएकाे स्रोतले बताएको छ ।

    स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई छलफलमा सहभागी हुन बूढानीलकण्ठ पुगेका छन् ।

    तेस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ  र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु पनि बूढानीलकण्ठ पुगेका छन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले  शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार