Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटकमा भाइरल मलपोखरीमा प्रवेश निषेध


    शुक्रबार, चैत्र २७ २०७७
    5.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा प्रवेश निषेध गरिएको छ। 

    ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिने भएपछि दुर्घटना नहोस् भनेर जान निषेध गरिएको हो।

    युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर अनावश्यक रूपमा  भिडिओ बनाउन थालेकाले दलदलमा कोही पसेर दुर्घटना हुन सक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले त्यहाँ जान राेक लगाएकाे स्रोतले बताएको छ ।

    प्रहरीले आग्रह गरेपछि बिहीबार साँझ नै वडा कार्यालयले बोर्ड राखेको वडाध्यक्ष नारायण केसीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार