काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा देशभर भइरहेको मतगणनाको पछिल्लो तथ्यांक अनुसार अध्यक्षमा विपुल पोखरेल फराकिलो अंकले अग्र स्थानमा छन् ।
नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार विपुल पोखरेल ले १ हजार १ सय ६० मतले अग्रता हासिल गरेका छन् ।
पोखरेलको २ हजार ५ सय ८० आउँदा अर्की प्रतिस्पर्धी निर्मला शर्माले भने १ हजार ४ सय २० मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, अध्यक्षका अन्य प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले १ सय १९ मत ल्याएका छन्।
जारी मतगणनामा वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम रहेको छ ।
यस्तो छ मतगणनाको पछिल्लो अपडेट :