Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिस्का: को रथ भाेली दिउँसो दुई बजे तानिने


    शुक्रबार, चैत्र २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भक्तपुर नगरपालिकामा बिहीबार बसेको बैठकले  यो पटक बिस्का: (बिस्केट जात्रा) को रथ शनिबार दिउँसो दुई बजे निर्णय गरेकाे छ ।

    भैरवनाथ मानिने उक्त रथ दिनको दुई बजे तान्न सुरू भई टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लगिनेछ। 

    जात्राको समयमा रथमाथि जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठी लगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति अनधिकृत रूपमा नचढ्न नगरपालिकाले अनुरोध गरेको छ।

    त्यस दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडि भैरवनाथ र बेताल रहेको स्थानमा बली दिने कार्य गराउने निर्णय भएको छ। बिस्का: को मुख्य आकर्षण रथ यात्रा भए पनि यसिं (लिंगो) ठ्डयाउने र ढाल्ने मूल परम्परा हो।

    यसका लागि चैत ३१ गते बेलुकी पाँच बजे ठ्ड्याउने र वैशाख १ गते बेलुकी पाँच बजे ढाल्ने समय तोकिएको छ।

    कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्न पनि नगरपालिकाले आह्वान गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार