Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता नपुगेकाे सर्वोच्च बारकाे निष्कर्ष


    शुक्रबार, चैत्र २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ ।

    न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो । तर सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरी समेत परेको छ ।

    बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ । ‘

    सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसबारे ३० चैतमा फैसला आउँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार