Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रद्धारा निश्कासीत ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ कार्यक्रम


    शुक्रबार, चैत्र २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रद्धारा निश्कासित ४ मन्त्रीको पुनर्नियुक्ति हुने भएकाे छ । सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका हुन् ।

    माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

    उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको स्रोतले बताएको छ ।

    हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो ।

    पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार