Nepal Face
  • बिहिबार, २९ असोज २०८३
  • अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्री निर्वाचित


    बिहिबार, असोज २९ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो। फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् ।

    कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

    उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।

    फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए ।

    फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डका कारण चर्चामा आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार