Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • भ्रष्टाचारविरुद्ध सरकारको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’: अध्यक्ष श्रेष्ठ


    बिहिबार, असोज २९ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् ।

    ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गरेका हुन् ।

    साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

    उनले कर्जा सुरक्षण कोष विस्तार, चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढी र विपद्बाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्स्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार