Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नम्बर १ का आर्थिक मन्त्री आङ्बोहाङको सांसद पद गुम्यो


    शुक्रबार, चैत्र २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री टंक आङ्बोहाङको सांसद पद गुमेको छ।

    माओवादीबाट उनी गत २०७४ सालको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।

    उनी एमाले प्रवेश गरेकोले माओवादी केन्द्रले सांसदबाट हटाउन सभामुखसमक्ष पत्र पठाएको थियो।

    सभामुख प्रदीपकुमार भण्डारीले आङ्बोहाङलाई प्रदेश सभा सदस्य पदबाट हटाउन माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गरेको पत्र बिहीबार प्रदेश सभा बैठकमा पढेर सुनाएका हुन्। उनकाअनुसार अब प्रदेश सभामा एक पद रिक्त छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार