Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • बालाजु बसपार्कबाट उपत्यका छाड्नेहरूको भिड


    बिहिबार, असोज २९ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। आज (दशैंको पाँचौँ दिन) दशैं मनाउन गाउँ फर्किने यात्रुहरूको बिहानैदेखि गँगबुस्थित नयाँ बसपार्कमा भिडभाड छ।

    रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका क्रममा उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू चाडपर्व नजिकिएसँगै आफ्नो गाउँ फर्किन थालेका हुन्। दशैंका लागि अग्रिम टिकट बुकिङ गरेका तथा तत्काल टिकट काटेर जान खोज्ने यात्रुहरूको बसपार्क परिसरमा लामो लाइन लागेको देखिन्छ।

    यात्रुको चाप बढेसँगै बसपार्क क्षेत्रका टिकट काउन्टर, प्रतीक्षालय र सवारी साधन छुट्ने स्थानहरूमा बिहानैदेखि चहलपहल बढेको छ। उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा समेत सवारी साधनको चाप उच्च रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार