एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हाँसिल गरेको छ।
ग्रानडाको मैदानमा बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई उसकै घरमा २-० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाएका थिए भने खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
दोस्रो लेग अप्रिल १६ मा युनाईटेडको मैदानमा हुने हुनेछ ।