Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडबिरूद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म मात्र दुई प्रतिशतलाई !


    शुक्रबार, चैत्र २७ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अफ्रिका कोभिड–१९बिरूद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी गराएको छ । 

    अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन् । 

    ‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको उनले जानकारी दिए  ।

    डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्क अनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ । अफ्रिकामा कूल ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने एक लाख १४ हजार सङ्क्रमितको मृत्यु भएको छ । 

    विश्वव्यापीरूपमा हेर्ने हो भने अहिलेसम्म कूल २९ लाख कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

    संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसारको यातायात साधनको उपलब्धतामा समस्याका साथै अन्य ब्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो । उनले भने, ‘यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ ।’

    यद्यपि कोभाक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार