Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • साउदीका लागि प्रस्तावित राजदूत सुनारसँग सम्बन्धित कागजात झिकाउने निर्णय


    सोमबार, असोज २६ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारका केही कागजात मगाउने भएको छ।

    राजदूत प्रस्तावित भएपछि उनीविरुद्ध दुई वटा उजुरी परेका छन्। सोमबार सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट कागजात मगाउने निर्णय भएको एक सदस्यले जानकारी दिए।

    प्रस्तावित राजदूत सुनारले महिला हिंसा गरेको, धम्की दिएको आरोप छ। उजुरीकर्ताले सुनारले यस घटनामा दुई पटक ललितपुर प्रहरी कार्यालयमा माफी मागेको उल्लेख गरेकी छन्।

    उनले प्रहरीमा माफी मागेको र मिलापत्र भएको कागजातका प्रतिलिपि तथा घटनासँग सम्बन्धित सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाएको बताइएको छ।

    त्यस्तै, सुनारलाई जर्मनबाट डिपोर्ट गरिएको उजुरी परेको थियो। सोही कारण यसबारे समितिले उजुरीकर्तासँग छलफल गरेर कागजात मगाउने निचोड निकालेको जनाइएको छ।

    सुनारविरूद्ध परेको अर्को उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीसँग गिरीबहादुर सुनार आबद्ध रहेको भनेर खुलाइएको छ। राजदूत नियुक्त हुने व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनार राजदूत बन्न योग्य नरहेको दाबी गरेका छन्।

    संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सोमबारदेखि सुनुवाइ सुरु गरेको छ। आज भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार