Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले लिए शपथ 


    सोमबार, असोज २६ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई शपथग्रहण गराएका हुन्।

    नेताहरू सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीले शपथ लिएका हुन्।

    असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार