Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खाेसियाे


    बिहिबार, चैत्र २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद खाेसिएकाे छ।

    आज प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट निर्वाचित चारजना सांसदबाट पदमुक्त भएको पढेर सुनाएका हुन् ।

    सांसदबाट पदमुक्त हुनेमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकासमन्त्री प्रभु साह छन् । उनीहरु चारैजना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका छन् । 

    नेकपा माओवादी केन्द्रले चारैजनालाई स्पष्टिकरण सोधेकोमा उचित जवाफ नआएपछि कारबाहीको निर्णय गरी प्रतिनिधि सभामा सांसद पदबाट मुक्त गर्न पत्र लेखेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार