Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा अझै नेकपा रहेको भन्दै सांसद अधिकारीको आपत्ति


    बिहिबार, चैत्र २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले आपत्ति जनाएका छन् ।

    उनले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् ।

    संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताउँदै उनले समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार