Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खोसिदै


    बिहिबार, चैत्र २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद खाेसिने भएको छ।

    नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीकाे खाेसिने भएको हाे

    प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

    चारै जना मन्त्री छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार