काठमाडौँ । सर्वोच्च अदालत र सरकारले गरेकाे फरक-फरक निर्णयले सर्वसाधारण अलमलमा परेका छन् ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेकाे भन्दै सार्बजनिक स्थानमा भेला नहुन,अत्यावश्यक काम नपरी बाहिर ननिस्कन र रात्रिकालीन व्यवसाय बन्द गर्ने जस्ता विभिन्न निर्णयहरु गरेको छ भने सर्वोच्चले बिस्केट जात्रा मनाउन नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व नमनाउन आग्रह गर्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो तर स्थानिय बासिन्दाहरुकाे विराेध र मागलाई मध्यनजर गरेर सर्वोच्चले बिस्केट जात्रा मनाउन नरोक्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेसँगै बिस्केट जात्रा चैत २८ बाट आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइदै छ।
कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न र गराउन अनुरोध गरेको छ भने घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य बनाउन मास्क प्रयोग नगर्नेलाई रोग ऐन बमोजिम कारबाही गर्ने चेतावनी दिदै सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकाे छ ।
कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
यसरी सरकार र सर्वोच्चकाे एकै बिषयमा दुइ फरक निर्णय हुँदा जनताहरु कस्काे आदेश पालना गर्ने भन्ने दाेधारमा परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend