Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान


    सोमबार, असोज १९ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।

    १९ असोजदेखि २५ गतेसम्म उनको बेलायत भ्रमण हुने बताइएको छ । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणमा उनी बेलायत प्रस्थान गरेका हुन् ।

    सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यस किसिमको भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कुटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाले बताएको छ।

    उनको अनुपस्थितीमा बलाधिकृत रथी केसीले कायम मुकामय प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार