Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेका छन् : प्रचण्ड


    बुधबार, चैत्र २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

    आज सल्यानको सल्लेबजारमा सम्बोधन गर्दै उनले ओलीमाथि विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।

    विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गरेकाे भन्दै ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले भने गोर्वाचोभपथमा ओली चलिरहेका छन् ।

    देशलाई नै संकटमा पार्ने षड्यन्त्रहरु भइरहेकाले सबै एकजुट भई लड्नुपर्ने समय आएकाे प्रचण्डकाे भनाइ छ ।



     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार