Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल पक्षको समानान्तर कमिटी घोषणाको नतिजा प्रचण्डको पोल्टामा पुग्छ : सुर्य थापा


    बुधबार, चैत्र २५ २०७७
    2.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी भित्रका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि त्यसको नतिजा माओवादी केन्द्रको पोल्टामा पुग्ने  ठोकुवा गरेका छन् ।

     पछिल्लो समय नेकपा एमाले विभाजनउन्मुख बनेपछि नेताहरूको तहमा छेडखानी सुरु भएको बेला नेता थापाले सामाजिक सञ्जालमार्फत यस्तो भनेका हुन्। 

    आज बिहान  ट्विटरमा ट्वीट गर्दै नेता थापाले खनाल-नेपाल पक्षको समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः भएको ठोकुवा गरेका हुन्।  

    नेकपा एमाले, जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि बताएका छन् । ‘जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भुल कसैले नगरौं,’ उनले कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

    उनले लेखेका छन्, ‘समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चितप्रायःछ । नेकपा(एमाले),जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ।’

    https://twitter.com/ThapajiSurya/status/1379619188977795072

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार