Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • ताप्लेजुङको दोभान बजारमा आगलागी, १० घर जलेर नष्ट


    बिहिबार, असोज ८ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं.१ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगोलागि नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो निभाउन दमकल प्रयोग गरिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार