Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल


    बिहिबार, असोज ८ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएको छ।

    नेपालगन्जबाट डोल्पाका लागि उडेको सो विमान बिहीबार बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको चक्का फुत्किएर बाहिर निस्किएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त विमानमा ७ जना विदेशी नागरिक र ६ जना नेपालीसहित कुल १३ जना (११ पुरुष र २ महिला) सवार थिए।

    विमानको चक्का फुत्किए पनि कुनै मानवीय क्षति भएको छैन । चालक दलका सदस्य तथा सबै यात्रुहरू पूर्ण रूपमा सकुशल रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार