Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रद्धारा चार मन्त्रीलाई निलम्बन गरेकाे पत्र संसद सचिवालयमा दर्ता


    मंगलबार, चैत्र २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नपठाएको भन्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको  छ।

    गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हाे । 

    स्रोतका अनुसार सोधिएको स्पष्टिकरणकाे जवाफ चित्तबुझ्दो नआएपछि मन्त्रीहरुलाई सांसद पदबाट हटाउन पत्र पठाएको हाे । 

    उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दिएकाे छ । 

    राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादलको सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार