Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशबाट बाहिरिए एमालेका तीन मन्त्री, दिए राजीनामा


    मंगलबार, चैत्र २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग मन्त्री नन्दसिंह बुढाले मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका छन् ।

    राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन्।

    राजीनामा दिएपछि उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थितिमा आफूहरूले पार्टीको निर्णय मानेको बताए।

    यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार